Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति देउवाले भने - धेरै आलोचना होला भनेको कम भयो, कांग्रेसमा एक से एक नेता !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ दिन लामो केन्द्रीय कार्यसमिति बैठकमा आफूले सोचेभन्दा थोरै आलोचना खेप्नु परेको टिप्पणी गरेका छन् ।

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार साँझ समापनका क्रममा बोल्दै उनले ठट्यौली शैलीमा यस्तो बताएका हुन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्कासहितले विभिन्न निर्णयबारे जानकारी गराएसँगै सभापति देउवाले बोलेका थिए।

‘यो बैठकमा धेरै आलोचना होला भनेको कम भयो। मैले अरु भन्नु केही छैन’, उनले ठट्यौली शैलीमा भने, ‘धेरै साथीहरुले रचनात्मक र राम्रा राम्रा सुझाव दिनु भयो, हामीले मनन गरेका छौँ।’

बैठकका क्रममा उनले केन्द्रीय सदस्यहरुले दिएका सबै सुझावहरुलाई समेटेर कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्ने वाचा पनि गरे। यस्तै उनले सभापति देउवाले पार्टीमा एक से एक योग्य नेता रहेको बताए । यसपटक देशभरका नागरिकले कांग्रेसका योग्य नेता हेर्न पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077