काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालले पोखरेलको तर्फबाट दायर रिटमा बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेका हुन् ।
तत्कालीन समरजंग कम्पनीका प्रमुख पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले असार १८ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सर्वोच्च अदालतले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश गरेको छ ।
निवेदकले २०६८ सालदेखि नै डिप्रेशन लगायत मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरेको रिपोर्ट पेश गरेका थिए ।
पोखरेलको स्वास्थ्य अवस्था र थुनामा नराखिकन अनुसन्धान गर्दा उनले अनुसन्धानमा प्रभाव पार्न सक्ने वा नसक्ने अवस्थाको ‘वस्तुनिष्ट विष्लेषण गर्न’ सर्वोच्चले जिल्ला अदालतलाई आदेश गरेको छ ।
Leave a Reply