Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक साउन १५ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो ।

१०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।

बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका थिए । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077