काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुरक्षा निकायका अधिकारीहरुलाई विपद् व्यवस्थापन र राहत उद्धारका काममा प्राथमिकताका साथ खटिन निर्देशन दिएका छन्।
बुधबार खड्काको अध्यक्षतामा बसेको बैठकमा देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरुलाई विपद्को पूर्व आकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्न निर्देशन दिएका हुन् ।
छलफलका क्रममा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीसमक्ष सम्बन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराए।
साथै उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहातलार्इ उच्च प्राथमिकता दिन निर्देशन समेत दिए।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागिता रहेको थियो।
Leave a Reply