Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जंगली च्याउ खाँदा नवलपरासीमा दुई जनाको मृत्यु

    जंगली च्याउ खाँदा नवलपरासीमा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिकामा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आले रहेका छन् ।



    उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका थिए । जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् ।



    बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

    बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार