Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी प्रकरण

    पक्राउ परेका भन्सार एजेन्ट यादवको रिट न्यायाधीश चुडालको इजलासमा

    पक्राउ परेका भन्सार एजेन्ट यादवको रिट न्यायाधीश चुडालको इजलासमा

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधवार सुनुवाई हुँदैछ ।

    राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट पराजुलीको रिट न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई हुन लागेको हो ।



    एक सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीलाई राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



    राजस्व अनुसन्धान विभागले उनलाई गैरकानुनी थुनामा राखेको भन्दै पराजुलीको तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    ‘रेडी ट्रेड प्रालि’ बुढानिलकण्ठले ‘ब्र्रेक प्याड’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्र्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ सो सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार