काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ ।
बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको हो ।
आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको थियो ।
आजको पदाधिकारी बैठक कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।
पार्टी पदाधिकारी बैठक सकिएलगत्तै संगठन विभागको बैठक साढे १२ बजेदेखि बस्ने भएको छ ।
केन्द्रीय समिति बैठकलाई लक्षित गरेर संगठन विभागको बैठक बस्न लागेको हो ।