Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी प्रकरणमा राप्रपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

    सुन तस्करी प्रकरणमा राप्रपाले गृहमन्त्रीको राजीनामा नमाग्ने

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 618
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सय किलो सुन भित्रिएको घटनामा संसद अवरोध गर्ने भएको छ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बताएको हो ।



    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने,’हामीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्छौं तर उहाँको राजीनामा माग्दैनौँ । हामी गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने पक्षमा छैनौँ।’



    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल अवैध सुन बाहिरिएको घटनाका सन्दर्भमा राप्रपाले गृहमन्त्रीसँग जानकारी माग गर्ने भएको हो ।

    राप्रपाले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार