कैलाली । कैलालीमा वेश्यावृतिमा संलग्न भएको आरोपमा तीन महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका-२ अत्तरियाको रिङ्गरोडमा रहेको पूजा होटलबाट तीन महिलालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका दुई महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालले जानकारी दिए ।
सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन् । उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन् ।
ती दुवै महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका(२ तेघरीमा बस्दै आएका थिए । होटल संचालिकासहित तिनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply