Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन करोड बढीको बिगो दाबीसहित अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा

काठमाडौं । सहकारी वकिलको कार्यालयले अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको छ । बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको हो ।

काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरिएको जनाएको छ । करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ स्थायी घर भएको खडका भने हाल फरार रहेको अभियोग पत्रमा उल्लेख छ । सोहो ठाउँ स्थायी घर भएका सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सोही स्थान स्थायी घर भएका सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी पनि फरार छन् । यस्तै सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा र लेखा समिति सदस्य गोबिन्द बुढाथोकी पनि फरा छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077