एजेन्सी । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।
गत जुन २५ बाट सार्वजनिक रूपमा नदेखिएका परराष्ट्र मन्त्री काङलाई मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले बर्खास्त गरको ग्लोबल टाइम्सले जनाएको छ।
गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका थिएनन्।
उनले संयुक्त राज्य अमेरिकाको राजदूतको कार्यकाल सम्हालेपछि उनलाई सीले गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त गरेका थिए । काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुन: नियुक्त गरिएको छ।
Leave a Reply