Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सामान्य प्रशासन मन्त्रीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौं

    सामान्य प्रशासन मन्त्रीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौं

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 711
    SHARES

    ​विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् ।

    मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्‌घाटन गर्दै उनले सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको बताएका हुन् ।



    सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए ।



    साथै वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन काण्डलगायतका विषय छानबिन गरेर जनतामा आशा जगाउने कोसिस गरेको बताउँदै मोदीले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर नै सरकार लागिरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार