Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले तिरायो १५ हजार जरिवाना



काठमाडौं । निर्वाचन आयोगले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई कारबाहीको तयारी गरेको छ ।

खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई कारबाही गर्न लागेको हो ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । चुनाव खर्च सार्वजनिक नगर्नेमा बहालवाला मन्त्रीसमेत रहेका छन् ।

आयोगले सार्वजनिक गरेको सूचीमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीदेखि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनासम्म रहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले सात दिनभित्र खर्च विवरण बुझाउने गरि १५-१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।




 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077