Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    राजस्वको लक्ष्य भेटाउने गरि काम गर्न कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 537
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिएका छन् ।

    मंगलबार आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् ।



    मन्त्री डा महतले भने, ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।



    नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा महतको आग्रह थियो ।

    उनले अघि भने,  ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’

    मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार