Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सत्ता गठबन्धन शुद्ध छ भन्न सकिँदैन, भ्रष्टाचारीको संञ्जाल ठूलो छ : गृहमन्त्री श्रेष्ठ

    सत्ता गठबन्धन शुद्ध छ भन्न सकिँदैन, भ्रष्टाचारीको संञ्जाल ठूलो छ : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 591
    SHARES

    गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाउनुपरेको बताएका छन् ।

    गोरखा पुगेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास हुनु स्वभाविक भएको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयासलाई असफल पार्ने बताए।



    गृहमन्त्री श्रेष्ठले भने,‘सुन प्रकरणमा हामीले समग्र अनुसन्धान गर्दैछौं। अनुसन्धानलाई जरैसम्म पुन निर्देशन दिएका छौँ। त्यसका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ। हुनसक्छ। हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन। तर, प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ।’



    भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको उनले बताए । मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

    त्यस्तै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताए। प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

    सुन प्रकरणलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा नयाँ ढंगले अगाडी बढ्ने बताए । सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा सरकार दृढतापूर्वक अघि बढ्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार