Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आरजुले भनिन् – भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो

    आरजुले भनिन् – भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 789
    SHARES

    जनकपुरधाम । कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन्।

    कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आरजुले यस्तो बताएकी हुन् ।



    आरजुले भनिन्, ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो। यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो।’



    उनले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहिँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन्।

    उनले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार