Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा र माओवादी नेताहरूबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका माओवादी केन्द्रका नेताहरुले भाजपाको नयाँ दिल्लीस्थित पार्टी कार्यालयमा अध्यक्ष नड्डासँग भेटवार्ता गरेका हुन् ।

भाजपालाई जान्नुस् अभियानअन्तर्गत भएको छलफलमा माओवादी नेताहरूलाई भाजपाको आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो । नड्डाले ट्वीटरमा लेखेका छन् 'यो हाम्रो पार्टीको विश्वव्यापी समुदायमा पहुँच र हाम्रो पार्टीको विचारधारा र पहलहरू उनीहरूसँग साझा गर्ने निरन्तरता हो ।'

भाजपाको निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार नयाँ दिल्ली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077