Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 690
    SHARES

    काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको छ ।

    इटालीको राजधानी रोममा आज (सोमबार) आयोजित संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेर्रेससँग भेट गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ, इटाली सरकार र संयुक्त राष्ट्रसंघको रोममा रहेको खाद्य तथा कृषि संगठनले आयोजना गर्ने खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ गएका थिए ।



    उनले इटालीमा रहँदा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडीआईएफ) कार्यक्रमका अध्यक्षले पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार