Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – कमिसन र भ्रष्टाचारको जालोले राजनीतिलाई गाँजेको छ

    गृहमन्त्री श्रेष्ठले भने – कमिसन र भ्रष्टाचारको जालोले राजनीतिलाई गाँजेको छ

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

    पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको बताए ।



    उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो किन भयो त ? त्यसो हुनुमा कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको छ मूल समस्या यो हो ।’

    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको साङ्लोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर राजनीतिलाई सफा नगरी देश बदल्न नसकिने भएकाले पहिलो काम त्यसलाई बनाउनुपर्ने बताए ।

    गृहमन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको समेत बताए ।

    उनले राजनीति पार्टीका नेता, उद्यमी व्यवसायी भ्रष्टाचारमा परेर अनुसन्धान गर्न थालिए उनीहरु आफूहरुलाई कारबाही गर्ने ? भनेर कराउने प्रवृत्ति रहेको भन्दै कानुन सबैलाई बराबर हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार