Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रहरी चारित्रिक प्रमाणपत्रकाको काम अनलाइनमार्फत् गर्न परराष्ट्रमन्त्रीको निर्देशन

    प्रहरी चारित्रिक प्रमाणपत्रकाको काम अनलाइनमार्फत् गर्न परराष्ट्रमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 732
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी)का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन्।

    परराष्ट्रमन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।



    अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरू अनलाइनमार्फत् हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने व्यवस्था छ।



    जसले गर्दा राहदानी विभागमा सेवाग्राहीको भीड लाग्ने र समयमै सेवा नपाउने भएकाले सो न्यूनीकरणका लागि अनलाईनमार्फत् सेवा पाउने व्यवस्था गर्नुपर्ने मन्त्री साउदको भनाइ छ।

    कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो।

    काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार