काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत ललितपुरका अस्पताल फार्मेसीको अनुगमन गरेका छन्।
सोमबार मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग,उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले अनुगमन गरेका हुन् । मन्त्रीसहितको टोलीले वीर, पाटन अस्पताल तथा अल्का अस्पतालका फार्मेसी अनुगमन गरेको थियो ।
मन्त्री बस्नेतले अनुगमनपछि उपत्यकाभित्रका ठूला अस्पतालकै फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको बताए।
उनले एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखिएकाले सो विषयमा बेलुकासम्म टोलीले निष्कर्ष निकालेर त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइने बताए ।
Leave a Reply