Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी उपाध्यक्ष भुसालसहित ५ सदस्यीय टोली दिल्लीमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूको प्रतिनिधि मण्डल दिल्ली भ्रमणमा पुगेको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी प्रतिनिधि मण्डल दिल्लीको भ्रमणमा गएको हो ।

माओवदी नेताहरूलाई भाजपाका विदेश विभाग प्रमुख डा। विजय चौथाइवाले दिल्लीमा स्वागत गरेका थिए ।

टोलीमा सचिव चक्रपाणी खनाल, नेता रामेश्वर राय र सत्या पहाडी लगायत छन् । भाजपा अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा उनीहरू दिल्ली पुगेका हुन् ।

दुई पार्टीबीचको सम्बन्ध सुधारका लागि विजेपीले माओवादी केन्द्रलाई भ्रमणमा बोलाएको हो ।

भाजपाको निमन्त्रणामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतवर्ष साउन १ गते भापजा कार्यालयको अवलोकन गरेका थिए ।

सोही समयमा दुई पार्टीबीच सम्बनध स्थापित गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077