Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा नागरिक उन्मुक्ति एक मन्त्री र राज्यमन्त्री लिएर सरकारमा जाँदै

कैलाली । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो।

नागरिक उन्मुक्तिले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको छ ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

कांग्रेस मन्त्रालय आफूसँगै राख्ने बताएको छ। यद्यपि उसले मन्त्री सिफारिस गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077