Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, ५८ घाइते

    चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, ५८ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाको मृत्यु भएको छ । तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना रहेका छन् । दुईजनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् ।

    उनीहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् ।



    गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ । सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार १२८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।



    हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जंगली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

    जंगली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ ।

    सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार ६२५ भुक्तानी गरेको छ ।

    निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार