Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

    राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 756
    SHARES

    महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको संख्यामा वृद्धि हुँदै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ ।

    जिल्लाबाट गत वर्ष दश हजार १९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए । “दुई हजार ९१४ महिला र सात हजार २८० पुरुषले राहदानी लिएको छ ।” उनले भने, “पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।”



    पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने संख्या वृद्धि भएसँगै राहदानी बढाउनेको संख्या वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ हजार ३३६ महिला तथा पुरुषले नागरिकता लिएका छन् ।



    अपरेटर बोहराले यहाँ वंशजका आधारमा १२ हजार ३१५ जनाले र वैवाहिक अङ्गिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए ।

    त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ । उनले नयाँ नागरिकसँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको बताए ।

    त्यसैगरी गत वर्ष १७ हजार ३२४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । भने अघिल्लो आवका चार हजार २८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार