Online Nepal
  • बुधबार, २ माघ २०८१
  • ललितानिवास जग्गा प्रकरण : अधिकांशको बयान सकियो

    ललितानिवास जग्गा प्रकरण : अधिकांशको बयान सकियो

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 654
    SHARES

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ ।

    श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिए ।



    उनले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताए । उनले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिए ।

    सिआइबीले पक्राउ गरी अनुसन्धान अघि बढाएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत सर्वोच्च अदालतको शुक्रबारको आदेशबाट रिहा भएका छन् ।

    अन्य तीन जनाको हकमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज भएपछि गत असार १२ गते पक्राउ परेकामध्ये तीन जना अभियुक्तले पाएको अन्तरिम आदेशसमेत खारेज भएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार