Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रका उपाध्यक्ष भुसालसहित ५ सदस्यीय टोली भारत प्रस्थान

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू भारत प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पार्टी अध्यक्ष जेपी नड्डाले भाजपाको विगत, वर्तमान र आगामी रणनीतिबारे जानकारी दिन माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमणमा बोलाएका हुन् ।

सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राईसहितको टोलीले भारत बसाईका क्रममा  अध्यक्ष नड्डासहित भाजपाका शीर्ष नेताहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077