Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख ५० हजार ठगी, बानेश्वरबाट पुष्पराज पक्राउ

    पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख ५० हजार ठगी, बानेश्वरबाट पुष्पराज पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 963
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमाकञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थाई घर भई हाल काठमाडौं बस्ने पुष्पराज जोशी रहेका छन् ।



    जोशीले वैदेशिक रोजगारीको लागि पोल्याण्डपठाई दिने भन्दै भगवती अधिकारीसंग एक लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।



    जोशीले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक २ लाख सम्म कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    जोशीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीलेजोशीलाई आज बानेश्वरबाट गरेको हो ।

    पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार