Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • चिनियाँ नेता युआनले राष्ट्रपति पौडेलसँग गरे भेटवार्ता

    चिनियाँ नेता युआनले राष्ट्रपति पौडेलसँग गरे भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या म्युन र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन आइतबार नै श्रीलंका हुँदै नेपाल आएका हुन् । यसअघि जियाजुनले रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।



    च्युन नेतृत्वको प्रतिनिधिमण्डलले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार