Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिनियाँ नेता युआनले राष्ट्रपति पौडेलसँग गरे भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या म्युन र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन आइतबार नै श्रीलंका हुँदै नेपाल आएका हुन् । यसअघि जियाजुनले रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077