Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवालाई खेलकुदमन्त्री लिम्बुको आग्रह - शेखर कोइरालालाई वरिष्ठ नेता बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता कोइरालालाई वरिष्ठ नेता बनाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्ने बताए ।

लिम्बुले भने,‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले कोइरालाले किन प्राप्त नगर्ने ?’

यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077