Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • परराष्ट्रमन्त्री साउदले भने – विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका छन्

    परराष्ट्रमन्त्री साउदले भने – विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका छन्

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 525
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको बताएका छन् ।

    कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री साउदले नेपाली सेनामाथि केही पार्टीले आक्रमण गरेको बताए ।



    परराष्ट्रमन्त्री साउदले भने,‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्।’



    असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए । सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे ।

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन परराष्ट्रमन्त्री साउदले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अदालतको निर्णय पर्खनुपर्ने बताए ।

    मन्त्रीसाउदले भने, ‘हतारमा निर्णय नगरौं। बाहिर पत्रिकाले लेखेर मात्र हुन्न। त्यसले पार्टीको हित गर्दैन। अदालतको निर्णय कुर्नुपर्छ।’

    खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा कारागारमा छन्। उनले कांग्रेसले सत्ता र कुर्सीका लागि राजनीति नगरेको दाबी पनि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार