Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई इटालीमा राजदूतसहितका अधिकारीद्वारा स्वागत

    प्रधानमन्त्री प्रचण्डलाई इटालीमा राजदूतसहितका अधिकारीद्वारा स्वागत

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इटालीमा नेपाली राजदूत भरतकुमार रेग्मीसहित इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुन गइरहेको कार्यक्रममा सहभागि हुन आइतबार इटाली पुगेका हुन् ।



    अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा खाद्यसम्बन्धी कार्यक्रमको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सम्बोधन रहनेछ । त्यस्तै, मङ्गलबार भने खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमणमा छन् । प्रधानमन्त्री प्रचण्ड साउन १२ गते नेपाल फर्किने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार