Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट हेर्न नमिल्नेमा

    मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट हेर्न नमिल्नेमा

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 843
    SHARES

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।

    आईतबार कोशी सरकार गठन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाईका लागि नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । अब अर्को पेशीमा सुनुवाइ हुने छ।



    एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए।



    सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो।रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख बाबुराम गौतमलाई प्रतिवादी बनाइएको छ।

    एमालेले निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग को राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार