Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिका नाममा अपराधीलाई उन्मुक्ति दिने विधेयक खारेज गरिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’

नेता कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरे।

कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले उक्त विधेयक पेश गरेका छन् ।  नेता कोइरालाले गठबन्धनभित्रै गठबन्धन बनाउने प्रयास भइरहेको भन्दै समाजवादी मोर्चा कसको लागि बनेको हो ?  यसबारे कांग्रेसमा छलफल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077