Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरीले भने - नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाऔं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने बताएका छन् ।

केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका हुन् । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति आफूले भोगेको चौधरीले सुनाए ।

चौधरीले भने, ‘एक ठाउँमा उभिएर कसरी सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ । आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ ।’

चौधरीले यो प्रवृत्तिले पार्टी–पार्टीका रुपमाख नरहन नसक्ने बताए । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।

अहिले पनि राजश्व उठ्ने क्रम र साधारण तथा विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने उनको भनाइ छ । चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077