Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशलाई समृद्ध बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा हिडौं : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् यस्तो बताएका हुन् ।

उनले पार्टी बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक रहेको बताए।

पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन अर्पण गरे।

एमालेले सांगठनिक शक्तिको बलमा राज्य सञ्चालनको नेतृत्व गरेका बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, आधुनिक, समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढाएको र एमालेको सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेको सन्देशमा उल्लेख छ।

पोखरेलले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय रहेको र लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’का रूपमा अघि सारेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077