Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी प्रकरणमा मुछिएका भन्सारका थप एक कर्मचारी निलम्बित

    सुन तस्करी प्रकरणमा मुछिएका भन्सारका थप एक कर्मचारी निलम्बित

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका थप एक जना कर्मचारीलाई निलम्बित गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।



    यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्दसहित दुई जना निलम्बनमा परिसकेका छन् ।



    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

    बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिकसहित केही व्यक्ति जना पक्राउ परेका छन् ।

    भन्सार विभागले कर्मचारीको संलग्नता र आवश्यक कारवाहीको सिफारिसका लागि बिहीवारै एक छानबिन समितिसमेत गठन गरेको छ । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    समितिले ५ दिनदेखि बढीमा ७ दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ । बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार