Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन प्रकरणमा एमाले महासचिव पोखरेलको प्रश्न - एअरपोर्टको सुरक्षा निकाय कस्को संरक्षणमा छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।

सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले समाजिक संञ्जालमा लेख्दै सत्तामा भएकाहरूसँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिएको भन्दै प्रश्न गरेका हुन् ।

हासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ?’ भन्ने जवाफ दिनु पर्नेमा जोड गरेका छन् ।

उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर भारतीय हुदाँ हुदैँ चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शंकाको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गरेका छन् ।

उनले सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा भइरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077