Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ग्लोबल टी-२० मा सन्दीपको बलमा दिपेन्द्र आउट

    ग्लोबल टी-२० मा सन्दीपको बलमा दिपेन्द्र आउट

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 801
    SHARES

    काठमाडौं । ग्लोबल टी-२० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले राम्रो प्रदर्शन गरेका छन् ।

    दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्‍यो। आआफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् ।



    सन्दीपले २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । पहिलो पटक विदेशी लिग खेलिरहेका दीपेन्द्रले मोन्ट्रियल टाइगर्सको जितमा २८ रन योगदान गरे ।



    सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । जसमा दीपेन्द्रले नै सर्वाधिक २८ रन बनाए ।

    २२ बल खेलेका उनले २ चौका प्रहार गरे । जितका लागि १३ रन आवश्यक हुँदा दीपेन्द्रलाई १७औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार