दार्चुला । भारतले उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर शनिवार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो ।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासलाई जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बाँधका ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
Leave a Reply