Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलले ल्यायो अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएसको कम्बो प्याक

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले अन-नेट र अफ-नेट दुवैमा सेवाको फाइदा लिन सकिने गरी कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।

एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदालिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको हो ।

एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायकको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल-नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमाग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येकदिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मालिन सक्छन् ।

ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरि सजिलै यो प्याकलिन सकिन्छ ।

त्यसैगरी अन नेट अर्थात एनसेलकानम्बरहरुमाकल गर्न भ्वाइस सेवाआवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहितमात्र रु ७९८ लिन सक्छन् ।

यो प्याक एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स२ह्यास डायल गरि लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077