Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतकाका तत्कालीन प्रमुख देउजा पुनः पक्राउ

    ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतकाका तत्कालीन प्रमुख देउजा पुनः पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 684
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा फेरि पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी_ ले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो ।



    सो दिन पक्राउ परेका तीनसहित १७ जनालाई पक्राउ गर्न मिल्नेगरी सर्वोच्च अदालतले शुक्रबार आदेश दिएसँगै देउजा पक्राउ गरिएको हो ।



    उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    तर एक वर्षअघि सर्वोच्च अदालतबाट पक्राउ नगर्नु भन्दै पाएको स्टे अर्डर देखाएर उनी छुटेका थिए । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार