काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चले अस्वीकार गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।
सञ्चार मन्त्रालयका कृष्णबहादुर राउतलाई भने रिहा गर्न आदेश दिएको छ । राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गनुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ ।
उनलाई अनुसन्धान सम्पन्न नभएसमम नेपाल बाहिर जान नपाउने गरी मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो ।
हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै असार १३ गते ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।
Leave a Reply