Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रिय आवश्यकता अनुसार डिजिटल साक्षरता पाठ्यक्रममा समावेश गरौँ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रिय आवश्यकता अनुसार डिजिटल साक्षरता पाठ्यक्रममा समावेश गरौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् ।

    शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरूपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।’



    उनले डिटिजल प्रविधिको ज्ञानबिना साइबर प्रविधिको प्रयोग र यसमार्फत् पैदा भएका चुनौतीहरू समेत सामना गर्न नसकिने भन्दै सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल साक्षरतामुखी पाठ्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार