Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै, को–को छन् भ्रमण टोलीमा ?

    प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाँदै, को–को छन् भ्रमण टोलीमा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 807
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

    इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।



    दुई दिनसम्म हुने उक्त शिखर सम्मेलनमा प्रचण्डसँग उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । प्रधानमन्त्रीले २४ जुलाईमा सम्मेलनको आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    कार्यक्रमको साइडलाइनमा प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) का अध्यक्ष लगायतका राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जनाएको छ ।

    राष्ट्रसंघको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।प्रधानमन्त्री प्रचण्ड साउन १२ गते नेपाल फर्किने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार