Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता छ, राजीनामा माग्न जाऔं : जीतजंग बस्नेत

    सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता छ, राजीनामा माग्न जाऔं : जीतजंग बस्नेत

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 690
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्रीको राजीनामा माग्नु पर्दैन भन्दे प्रश्न उठाएका हुन् ।



    तरुण दलका पूर्व अध्यक्ष समेत रहेकाबस्नेतले भने, ‘केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज जाऔं न, गृहमन्त्रीको नाम आएको छ । म पनि जान्छु । उहाँको राजीनामा माग्न जाऔं । हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ?’

    बस्नेतले बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूले नारायणकाजी र महराको विरोध गर्ने आँट नदेखाएको बताए ।

    एक महिनामा २९ पटक एयरपोर्टबाट सुन भित्रिएको भन्दै बस्नेतले गृहमन्त्रीको राजीनामा माग्न जाने कि नजाने ? भन्ने प्रश्न गरे ।

    बस्नेतले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै कांग्रेसका केही नेता भने आफ्नै पार्टीलाई खुइल्याउन हिँडेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार