Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – सुन काण्डको अनुसन्धान गर्दा कुनै ‘कोट’ र ‘टार’को मतलब छैन

    गृहमन्त्री श्रेष्ठले भने – सुन काण्डको अनुसन्धान गर्दा कुनै ‘कोट’ र ‘टार’को मतलब छैन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 726
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताएका छन् ।

    शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमनपछि बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं। भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै ( बालकोट, बालुवाटार र बूढानीलकण्ठ)कोट, टार र पार्टी मतलब छैन ।’



    सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए । राजश्व अनुसन्धान विभागले घटनाको छानबिन गर्न समिति बनाएको भन्दै मन्त्री श्रेष्ठले अहिले सबै निकायले यही समितिलाई सघाउने उल्लेख गरे ।

    आवश्यकता परेमा सीआईबी, अपराध अनुसन्धान शाखाजस्ता निकायले पनि अनुसन्धान गर्नसक्ने उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।

    बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार