Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करीको घटना बाहिरिएपछि गृहमन्त्री श्रेष्ठले गरे विमानस्थल भन्सारको निरीक्षण

    सुन तस्करीको घटना बाहिरिएपछि गृहमन्त्री श्रेष्ठले गरे विमानस्थल भन्सारको निरीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विमानस्थलबाट एक सय किलो सुन बाहिरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका छन् ।

    गृहमन्त्री श्रेष्ठसहित भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी र प्रहरी महानिरीक्षक वसन्त कुँवरलले भन्सार निरीक्षण गरेका हुन् ।



    भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन् । सुन तस्करी प्रकरणमा मुछिएका खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।



    त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो ।

    भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार