Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको दाबी - युक्रेनले रुसविरुद्धको लडाइमा अमेरिकी ‘क्लष्टर बम’ प्रयोग गर्‍यो

एजेन्सी । युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरेको अमेरिकाले दाबी गरेको छ ।

आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको प्रारम्भिक परिणामहरुले युक्रेनलाई निकै आशावादी बनाएको बताए ।

क्लस्टर बमले एकै पटक धेरै बमहरू छर्ने गर्दछ । युद्धमा सामेल नभएका गैरसैनिक नागरिकलाई समेत निशाना बनाउने यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077