Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका १२१ लेखापालको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीले लेखापालहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागू हुनेगरी १२१ जना लेखापालहरुको सरुवा गरेको हो ।

अर्को आदेश नभएसम्मको लागि २०८० साल श्रावण १ गतेदेखि लागू हुने गरी देहाय अनुसार लेखाप्रमुखको रुपमा काम काज गर्ने गरी खटाइएको छ ।

साथै, कार्य अवधि समाप्त भएका लेखा अधिकृत तथा लेखापालहरुलाई बुझ बुझारथ पश्चात सम्बन्धित दरबन्दीमा यथाशिघ्र रवाना गरि पठाउन पनि अनुरोध गरिउको छ । पूर्व आईजीपी धिरजप्रताप सिंहको पालामा ८ वर्ष बनाइएको कार्यअवधि ६ वर्षमा झारिएर लेखापालहरुको सरुवा गरिएको हो ।

यसअघि पूर्व आईजीपी सिंहले आर्थिक चलखेल गरेर प्रहरीका लेखापालहरूको कार्यअवधि ८ वर्ष बनाउने निर्णय गरेका थिए । तर वर्तमान आईजीपी वसन्त कुँवरले सो निर्णयलाई खारेज गर्दै पुनः प्रहरी लेखापालहरुको कार्यअवधि ६ वर्ष कायम गरेका हुन् । सोही अनुसार १२१ जना लेखापालहरुको सरुवा गरिएको हो ।

हेर्नुहोस् सूची : 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077